+
+

जापानमा ‘पुजार सार्की’ हेर्न दर्शकको भीड, एउटै शोमा १५ सय जना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १२:१०

काठमाडौं । जापानस्थित नेपाली डायस्पोरामा फिल्म ‘पुजार सार्की’ प्रदर्शन गरिएको छ । एकै शोमा १५ सय दर्शकले फिल्म हेरेको वितरक सचिन आचार्यले जानकारी दिए ।

उक्त शोमा सहभागी हुन अभिनेता पल शाह र पटकथाकार विकास सुवेदी टोकियो पुगेका छन् । नाकानो जेरो हलमा आयोजित शोमा फिल्म हेर्न पुगेका दर्शकको भीडको फोटो र भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

वितरक आचार्यले फिल्म हेर्न आएको भीड अनियन्त्रित भएको बताए । ‘हामीले भीड थाम्नै नसक्ने अवस्था थियो । व्यवस्थापन मिलाउन खोज्दा भी आउट अफ कन्ट्रोल भयो,’ उनले भने ।

यो शोपछि जापानमा अन्य शो आयोजनाका लागि पनि प्रस्ताव आइरहेको उनले बताए । थप चार शो तय छन् । यसअघि ‘कबड्डी ४’ रिलिज हुँदा पनि यस्तै दर्शकीय भीड भएको स्मरण उनले गरे ।

उनले भने, ‘तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो, तर अहिले जस्तो भने कहिल्यै भएको थिएन । हलको सिट संख्या त्यतिबेला १२ सय थियो । अहिले १५ सय जनाभन्दा धेरै भएपछि उभिएर र भुईंमै बसेर पुजार सार्की हेरे,’ उनले भने ।

 

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए । उनी भन्छन्, ‘यहाँ यो फिल्मको ऐतिहासिक शो सम्पन्न भयो । उत्कृष्ट प्रतिक्रिया पनि पायौं । पल शाहले निकै भएको रहेछ आफ्नो चलचित्र हलमा नहेरेको । निकै उत्सुक हुनुहुन्थ्यो । चलचित्र हेर्दा उहाँ भावविह्वल हुनुभयो ।’

शो सकिएपछि पलले स्टेजमा नृत्य समेत गरे । दिनेश राउत निर्देशित यो फिल्ममा पलसहित प्रदीप खड्का, आर्यन सिग्देल, परीक्षा लिम्बू र अञ्जना बराइलीको शीर्ष भूमिका छ । फिल्मले जातीय विभेदविरुद्धको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?