
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले अनलाइनमार्फत दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना १३ जेठदेखि ३ महिनासम्म लागु हुनेछ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७ सय ५० रुपैयाँसम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4