+
+

१४ लाख किसान सूचीकृत, पाएनन् परिचयपत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १४:३३

१४ जेठ,काठमाडौं । महालेखा परीक्षकले किसानहरूलाई सूचीकृत गरे पनि सरकारले परिचयपत्र दिन नसकेको औंल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार यो वर्षसम्म १४ लाख किसान परिवार सूचीकरण हुँदा परिचयपत्र भने जारी हुन नसकेको हो ।

किसान वर्गीकरण, सूचीकरण एवम् परिचयपत्र जारी नहुँदा किसान पेन्सन योजना सुरु गर्ने एवम् किसान हितकोष स्थापना गर्ने लगायत कामसमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ  ।

प्रतिवेदनले किसानको वर्गीकरण, सूचीकरण र परिचयपत्र जारी गर्ने कार्य समयमै सम्पन्न गरी सोही आधारमा छुट, सहुलियत र अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ को दफा १४ मा सरकारले तोकिए बमोजिम किसानको पहिचान एवम् वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र सोही आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट, सुविधा तथा कानुन बमोजिम योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?