+
+

भौतिक पूर्वाधारमा डेढ खर्ब बजेट, फास्ट ट्र्याक र पूर्वपश्चिम राजमार्ग विस्तार प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १७:१९
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न २९ अर्ब ८८ करोड बजेट विनियोजना गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, नारायणगढ, बुटवल र गोरुसिंगे, र भालुवाङ लमही सडक स्तरोन्नति आगामी आवमा सुरु गर्ने बताए ।

यस्तै पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल तथा कमला–कञ्चनपुर सडकखण्ड चार लेनमा विस्तार आगामी आवमा सम्पन्न गर्ने उनले बताए ।

काठमाडौं–तराई मधेश फास्ट ट्र्याकको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ आगामी वर्ष सम्पन्न गर्ने उनले बताए । सकराले आगामी आवमा फास्ट ट्र्याकका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै मध्यपहाडी लोकमार्गमा ७५ किलोमिटर सडक कालेपत्रे र १० वटा पुल आगामी वर्ष सम्पन्न गर्न उक्त आयोजनाका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ ।

हुलाकी सडकमा ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण सम्पन्न गर्न ३ अर्ब ३० करोड बजेट विनियोजन भएको छ ।

कोशी, कालिगण्डकी, कर्णली करिडोर निर्माणमा तीव्रता दिँदै कालिगण्डकी करिडोरको ५० किलोमिटर र कोशी करिडोरको ३० किलोमिटर सडक कालोपत्रे आगामी आवमा हुने उनले बताए ।

कर्णाली करिडोरका ५ वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तोरोन्नति गर्ने र उत्तरदक्षिण करिडोरका लागि ४ अर्ब ३० करोड, मदनभण्डारी राजमार्गको बाँकी काम अगाडि बढाउने ३ अर्ब ६० करोड बजेट विनियोजन भएको छ ।

यस्तै नागढुंगा–नौबिसे–मुग्लिङ खण्डको थप ४० किलोमिटर स्तरोन्नति गर्ने उनले बताए । मुग्लिङ–आँबखैरेनी सडक विस्तार सुरु गर्ने र आँबुखैरेनी–पोखरा सडक स्तरोन्नति सम्पन्न गर्ने उनले बताए ।

त्यसैगरी भेरी, तमोर, महाकाली करिडोर सेती लोकमार्ग र सालझण्डी–सन्धीखर्क–ढोरपाटन सडक स्तरोन्नति गर्ने र करिडोरतर्फ ३ अर्ब ८६ करोड विनियोजन भएको उनले बताए । गल्छी–स्याफ्रुबेंसी सडक स्तरोन्नति आगामी वर्ष सकिने र स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति सुरु गर्ने र यसमा १ अर्ब ८० करोड बजेट विनियोजना भएको छ ।

पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना बेनीघाटसमम्म पडवे प्रणालीको सम्भाव्यता अध्ययन लगानी ढाँचा तयार गरी निर्माण अगाडि बढाइने उनले बताए ।

राष्ट्रिय राजमार्ग रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण सम्पन्न हुने उनले बताए । आगामी आव सिस्नेखोला–नागढुंगा सडक निर्माण सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सम्पन्न हुने उनाले बताए ।

उनले कोटेश्वर इन्टरसेक्सन निर्माण सुरु गर्ने बताए । सरकारले सुरुङ फ्लाइओभर र इन्टरसेक्सन निर्माणका लागि ५ अर्ब ६३ करोड बजेट विनियोजन भएको छ ।

सरकारले चालु आव भौतिक पूर्वाधार तथा यातायातमा बजेट १ खर्ब ३१ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?