+
+

कम्पनीमा पूँजी वृद्धि गर्दा दफा ५७ को कर तिर्नु नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते २०:३०

१५ जेठ, काठमाडौं । कुनै कम्पनीमा थप लगानी गरी पूँजी वृद्धि गर्दा अबदेखि दफा ५७ अनुसार लाभकर तिर्नुनपर्ने भएको छ ।

अहिले आयकरको दफा ५७ बमोजिम कुनै कम्पनीको ५० प्रतिशतभन्दा बढी स्वामित्व खरिद बिक्री हुँदा त्यसबापत हुने लाभमा २५ प्रतिशतसम्म कर तिर्नुपर्छ ।

‘अब कुनै कम्पनीको चुक्ता पूँँजी १ सय रहेछ र त्यसमा अर्को कुनै व्यक्तिले थप २ सय लगानी गर्‍यो भने त्यसरी प्राप्त हुने लाभमा कर लाग्दैन,’ अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनीराम शर्माले भने ।

अर्थमन्त्री वर्षमान पुनले व्यवसायको क्षमता विस्तारका लागि पूँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने व्यवस्था मिलाइएको बताए ।

‘यसबाट खासगरी स्टार्टअप र भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड लाभान्वित हुने विश्वास लिएको छु,’ अर्थमन्त्री पुनले मंगलबार बजेटमार्फत घोषणा गरे, ‘खासगरी, स्टार्टअपहरूमा थप लगानी गर्दा कर तिर्नुपरिरहेको अवस्थालाई यसले सम्बोधन गर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?