+
+

मकर जितुमायाको २६ लाख कित्ता सेयरमा ‘लकइन’ अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १०:५०

१६ जेठ, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरमा संस्थापक डोल्मा इम्प्याक्ट फन्ड- १ ले होल्ड गरेको सेयरमा बुधबारपछि लकइन अवधि सकिने भएको छ ।

सो संस्थापकको २६ लाख ५ हजार ९ सय कित्ता सेयरमा बुधबार लकइन अवधि सकिन लागेको सार्वजनिक सूचनामा उल्लेख छ ।  बिहीबारदेखि डोल्मा इम्प्याक्टलाई यस हाइड्रोपावरको सेयर बिक्री गरेर बाहिरिने बाटो खुल्ने छ ।

संस्थापकको सेयरमा लकइन सकिएपछि साधारणसरह उहीं मूल्यमा कारोबार गर्न बाटो खुल्छ । जसले दोस्रो बजारमा मूल्यमा प्रभाव पर्न सक्नेछ । प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल (पीईभीसी)ले गरेको लगानीमा धितोपत्र बाँडफाँटको १ वर्ष मात्रै लकइन अवधि रहने व्यवस्था छ ।  यस कम्पनीको हाल बजार मूल्य ३७४ रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?