+
+

नेविसंघले गर्‍यो सहकारी पीडितमा आधारित सडक नाटक प्रस्तुत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १२:३८

१६ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी पीडितको व्यथामा आधारित सडक नाटक प्रस्तुत गरेको छ ।

नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिले वसन्तपुर, काष्ठमण्डप प्राङ्गणमा सडक नाटक प्रदर्शन गरेको हो ।

सडक नाटकमार्फत सहकारीबाट ठगिएका आम जनताको पीडा देखाइएको संघका केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए ।

‘पसिनाको कमाइ कसरी सहकारीहरूले हिनामिना गरे र कसरी आम मानिस मारमा परे भन्ने विषयलाई सडक नाटकमार्फत प्रस्तुत गरेका हौं,’ आचार्यले भने, ‘सिर्जनशिल र सन्देशात्मक सडक नाटकमार्फत पीडितको समस्या देखाएका छौं ।’

संघले यस अघिदेखि नै सहकारी ठगीमा संलग्नलाई कारबाही र पीडितको रकम फिर्ताको माग गर्दै विरोध गर्दै आएको छ । नेपाली कांग्रेसले गत आइतबार संसदीय छानबिन समितिको मुद्दालाई उठाएर काठमाडौंमा प्रदर्शन गरेको थियो ।

त्यसअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतलाई कांग्रेसले विरोध प्रदर्शनका लागि सडकमा उतारेको थियो ।

सत्तापक्ष र विपक्षी दलबीच सहमति बनेर मंगलबार सात सदस्यीय संसदीय छानबिन समिति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?