+
+

‘पूर्णबहादुरको सारंगी’मा अञ्जना बराइली अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १२:४२

काठमाडौं । अभिनेत्री अञ्जना बराइली यतिबेला एकपछि अर्को सफलताको यात्रा सयर गरिरहेकी छन् । डेब्यु फिल्म ‘महापुरुष’बाट उनले पछाडि फर्केर हेर्नुपरेन । ‘चित्रा’ नचलेपनि ‘पुजार सार्की’ले उनलाई पुनः सफलताको स्वाद चखाएको छ ।

दिनेश राउत निर्देशित फिल्ममा अञ्जनाको अभिनयको प्रशंसा भइरहेको छ । जहाँ उनले दलित समुदायकी युवतीको भूमिका निर्वाह गरेकी छन् । अञ्जना अर्को नयाँ फिल्मसँग जोडिएकी छिन्, जसले उनको करिअरमा अर्को इँट्टा थप्न सक्छ ।

वितरण कम्पनी सेभेन सिजनका लागि प्याट्रिक सुवेदी र विनोद पौडेलले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा अञ्जना अनुबन्धित भएकी छन् । यसअघि यो फिल्ममा भोलाराज सापकोटा, प्रकाश सपुत, विनोद न्यौपाने, मुकुन भुसाल फाइनल भइसकेका छन् ।

शीर्ष भूमिकामा विजय बराल तय भएपनि उनको कास्टिङबारे औपचारिक घोषणा भइसकेको छैन । अभिनेत्री बराइलीको कास्टिङ भएको जनाइएपनि उनको भूमिकाबारे खुलाइएको छैन ।

सरोज पौडेलले निर्देशन रहने यो सोसल–ड्रामा फिल्मले बाबुछोराको सम्बन्ध र त्यसको आयामलाई प्रस्तुत गर्ने बताइएको छ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।

सिवाकोटी भ्वाइस अफ नेपालको पछिल्लो सिजनका प्रतिस्पर्धी हुन् । फिल्ममा यो उनको डेब्यु संगीत हुनेछ । जेठ २१ गतेदेखि छायांकन हुने यो फिल्मको प्रदर्शन २०८२ सालमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?