+
+

सिलीगुडीबाट कावासोती आएर सुस्मिताले हेरिन् छोरा अनमोलको फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १४:५४

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ हलमा व्यावसायिक सफलतासहित चलिरहँदा उनका प्रशंसक खुसी हुने कुरा भइहाल्यो । सबैभन्दा खुसी अर्को कोही छ भने ती हुन् अनमोलकी आमा सुस्मिता ।

खुसी पनि यतिसम्मकी छोरा अनमोलको पछिल्लो फिल्म ‘फर्की फर्की’ हेर्नकै लागि सुस्मिता आफ्नी बूढी आमालाई लिएर भारतको सिलिगुडीदेखि नवलपरासीको कावासोतीसम्म आइपुगिन् । मंगलबार उनले कावासोतीको हलमा फिल्म हेरेकी छन् ।

‘सबैले वाह वाह भनेपछि म युट्युबमा फिल्म हेर्नको लागि एक वर्ष कुर्न सक्दिनँ । तत्कालै आमालाई लिएर नेपाल आइपुगें,’ अनलाइनखबरसँग सुस्मिताले भनिन्, ‘मेरो छोराको फिल्म हेर्न म आएकी हुँ । भोलि फर्किदैछु,’ पछिल्लो समय सिलीगुडीमा बस्दै आएकी सुस्मिताले खुसी साटिन् ।

‘मलाई छोराबाट अरु कुरा आशा छैन । उसको सफलतामा रमाउनु नै मेरो लागि ठूलो कुरा हो,’ सुस्मिता भन्छिन्, ‘म आज यति खुसी छु कि सबैले उसलाई जिरोमा ल्याइसकेका थिए । मेरो छोराले जुन कमब्याक लियो, नयाँ जन्म लियो, मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो यो ।’

उनले फिल्म हेरेर आफू रमाएको बताइन् । ‘उसले एक्टिङमा इम्प्रुभ गर्‍या छ,’ सुस्मिताले भनिन् । ‘फर्की फर्की’को प्रिमियरमा निर्माता रोहित अधिकारीले निम्तो गरेपनि उपस्थित हुन नसकेको उनले बताइन् । सुस्मिता बुधबार चितवनको सौराहामा बसेकी छिन् । सौराहामा बेलुका अनमोलको सफलताको खुसीमा सुस्मिताले कल्चरल डान्सको आयोजना गरेकी छन् ।

‘फर्की फर्की’को गीतमा थारु कल्चरल डान्स गर्ने उनको तयारी छ । ‘छोराका लागि डेडिकेसन हुने गीत हो यो । त्यो गीतमा म पनि नाच्छु,’ उनले भनिन् । उनले निकट भविष्य फिल्मको निर्माणमा फर्किने संकेत पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?