+

नेशनल चेस च्याम्पियनसिप १९ जेठदेखि

२०८१ जेठ  १७ गते १७:१६ २०८१ जेठ १७ गते १७:१६
नेशनल चेस च्याम्पियनसिप १९ जेठदेखि

१७ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यही जेठ १९ देखि २४ गतेसम्म नेशनल चेस च्याम्पियनसिप हुने भएको छ ।

च्याम्पियनसीप अन्तर्गत २४ औं खुल्ला एवं नवौं महिला राष्ट्रिय च्याम्पियनसिप आयोजक हुने बिहीबाबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

६ दिनसम्म सञ्चालन हुने प्रतियोगिता काठमाडौको लाजिम्पाटस्थित होटल ले हिमालयमा हुनेछ ।

राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपको दुवै विधामा १२/१२ जना खेलाडी सहभागी हुने नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए ।

जसमा नेशनल बी च्याम्पियनसिपबाट छनोट भएका पुरुष र महिला ९/९ जना तथा २३ औ राष्ट्रिय प्रतियोगिताका र आठौं महिला च्याम्पियनसिपका पदक विजेताहरु सहभागी हुनेछन् ।

२३ औं नेशनल च्याम्पियनसीपका विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा हुन भने आठौं नेशनल महिला  च्याम्पियनसीपका विजेता फिडेमास्टर सुजना लोहनी, उपविजेता सुशीला गुरुङ र तृतीय शान्ति धिमालले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी भर्खरै भक्तपुरमा सम्पन्न नेशनल बी बाट छनौट भएका खेलाडीहरु पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, सुरोज महर्जन, प्रकाशचन्द्र नेपाल, प्रेमकृष्ण महर्जन, राजन सुवेदी, राजीव कार्की सुश्रुत दाहालले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ नेशनल बी बाट छनौट भएका कृतिसारा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, विनिता कपाली, अंशुदिल प्रजापति, पूनम प्रसाई, श्रेया दुवाल र सविना गुजले खेल्नेछन् ।

सुरवीर लामा थाईल्याण्ड र सुजना लोहनी अष्ट्रेलियामा रहेको कारण वैकल्पिक खेलाडी खुल्लामा सुशील चौधरी र महिलातर्फ प्रसन्न किवनायोले उनीहरुको स्थानमा खेल्ने अध्यक्ष हिराकाजी महर्जनले जानकारी दिए ।

च्याम्पियनसिपका विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं कन्टिनेन्टलमा सहभागिता जनाउनेछन् । त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि पुरुषतर्फबाट तीन जना र महिलाबाट ४ जनाले सहभागिता सुनिश्चित गर्नेछन् ।

नेपालको टिममा दुवैतर्फ ५/५ खेलाडीहरुको प्रतिनिधित्व हुने चेस ओलम्पियादको लागि महासंघको निर्णय अनुसार उच्च रेटेड खेलाडी खुल्लामा विवेक लामा र महिलामा सुजना लोहनी सहभागी हुनेछन् भने फिडे मास्टर रुपेश जैशवाल २३ औं राष्ट्रिय विजेताको हैसियतले छनौट भइसकेको छ ।

ओलम्पियाड सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीमा हुनेछ ।

ओलम्पियाडको लागि छनोट प्रतियोगिता भएकोले पनि यो प्रतियोगिता महत्वपूर्ण रहेको अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए ।

लुम्बिनी इभेन्ट मेनेजमेन्टका अध्यक्ष सुबोधराज सेर्पालीले नेपाली चेसको स्तर बढाउनका लागि गत संस्करणदेखि संयुक्त रुपमा प्रतियोगिता आयोजना सुरु गरेको र अर्को वर्ष पनि निरन्तरता दिने बताए ।

प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औं खुल्ला तथा दशौं महिला राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल बी मा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यस च्याम्पियनसिपको अनुमानित लागत १३ लाख ५० हजार रहेको छ ।

चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय