+
+

गण्डकी योजना आयोग उपाध्यक्षमा डा. देवकोटा फेरि नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते २०:०९

१७ जेठ, पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई दोहोर्‍याएका छन् ।

मुख्यमन्त्री पाण्डेले बिहीबार देवकोटालाई नियुक्त गर्दै शपथसमेत दिलाएका छन् ।

सरकारले बहुमत पुर्‍याउने आधार तयार भइनसकेको भए पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने भएकाले आयोगमा उपाध्यक्ष नियुक्त गरिएको छ ।

यसअघि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएसँगै देवकोटा पनि आयोगबाट बाहिरिएका थिए ।

सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई नियुक्त गर्न परमादेश दिएपछि पाण्डे बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?