+
+
फ्राइडे रिलिज :

हलमा लागे दुई भारतीय फिल्म, ‘फर्की फर्की’ र ‘पुजार सार्की’को कलेक्सन खोइ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १२:४१

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ भारतीय फिल्म रिलिज भएका छन् । राजकुमार राव र जान्ह्वी कपुर स्टारर ‘मिस्टर एन्ड मिसेस माही’ र ‘छोटा भीम’ प्रदर्शनमा आएका छन् ।

‘मिस्टर एण्ड मिसेस माही’ एक दम्पतीको कथा हो । श्रीमान महेन्द्र एक असफल क्रिकेटर र महिमा एक डाक्टर हुन् । एरेन्ज म्यारिजपछि यी दुई एक भएका छन् । उपनाम एउटै भएपछि दुवैलाई मिस्टर र मिसेस माही सम्बोधनले बोलाइन्छ ।

उनीहरूले एकअर्कामा क्रिकेटप्रतिको साझा प्रेम र लगाव पत्ता लगाउँछन् । अन्ततः महेन्द्रले आफ्नी पत्नीमा क्रिकेटको प्रतिभा पत्ता लगाउँछन् र उनको क्रिकेटर बन्ने सपनालाई पछ्याउन प्रोत्साहन दिन्छन् । यो यात्रामा उनलाई प्रशिक्षक बनाउँछन् ।

शरण शर्मा निर्देशित यो ड्रामा फिल्मको रनटाइम १३९ मिनेट छ ।

शुक्रबारै रिलिज भएको अर्को फिल्म ‘छोटा भीम’ एक एक्सन, एड्भेन्चर र कमेडी फिल्म हो । अनुपम खेर, सञ्जय बिस्नोई र मार्कण्ड देशपाण्डे अभिनित फिल्मले दाम्यानको कालो जादुलाई नष्ट गर्न भीम र उसको साथीले संघर्ष गर्नुपर्ने कथा भन्छ । यसको रनटाइम १४५ मिनेट छ ।

दोस्रो सातामा ‘फर्की फर्की’ र ‘पुजार सार्की’

सुयोग गुरुङ निर्देशित फेन्टासी ड्रामा ‘फर्की फर्की’ र दिनेश राउत निर्देशित ‘पुजार सार्की’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेका छन् । अघिल्लो साताको तुलनामा दोस्रो सप्ताहन्तमा अकुपेन्सी ड्रप हुने निश्चय भएपनि शुक्रबार र शनिबार सन्तोषजनक कमाइ गर्न सक्ने देखिन्छ ।

दुवै फिल्मले पहिलो साताको कलेक्सन सार्वजनिक गरेका छैनन् । दुवै फिल्मको व्यापार करिब उस्तै हाराहारीमा भइरहेको अनुमानबीच दुवै फिल्मका निर्माताले यसबारे मौनता साँधेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले तत्काल कलेक्सन सार्वजनिक गर्न माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?