+
+

सांसदले हेरे ‘पुजार सार्की’, दलित आयोगले भन्यो- यो फिल्म सभ्य समाजलाई गम्भीर प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १६:२४

काठमाडौं । राष्ट्रिय दलित आयोगले सामाजिक सन्देशमूलक नेपाली फिल्म ‘पुजार सार्की’ हेर्न आग्रह गरेको छ । आयोग अध्यक्ष देवराज विश्वकर्माले विज्ञप्तिमार्फत सबै नेपाली भाषी र संसारभरका मानवताप्रेमीले हेरेर शिक्षा लिन सकिने खालको फिल्म बनेको बताएको हो ।

आयोगका पदाधिकारीले केही दिनअघि काठमाडौंको एक हलमा फिल्म हेरेका थिए । फिल्मले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले फिल्म हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन आयोगको आग्रह छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पुजार सार्की’मा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वेच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ । शिक्षित र सभ्य मानिसलाई यो गम्भीर प्रश्न पनि हो ।’

पटकथा लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपाली फिल्मलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको बताए । ‘यो फिल्मले राज्यले नै बोल्नुपर्ने विषय बोलेको छ । फिल्मले संविधानमा समावेश भएकै एजेन्डा बोलेको तथा दलितको आन्दोलनमा ऐक्यबद्धता जनाएको हुँदा आयोग आफैँले फिल्म हेर्न आह्वान गरेको हुनसक्छ’ उनले भने ।

निर्देशक दिनेश राउतले व्यावसायिक उद्देश्य मात्रै फिल्म निर्माणको उद्देश्य नरहेको बताए । दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि फिल्म बनाएको उनको भनाई छ । ‘यो फिल्म दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो । यसलाई हामीले नेपालका हरेक बस्तीमा पुर्‍याउने छौँ’ उनले भने ।

बुधवार भएको विशेष शोमा प्रतिनिधि सभाका सदस्यहरु सन्तोष परियार, ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्वखेलकुदमन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली, पूर्वराजदूत पदम सुन्दास लगायतले फिल्म हेरेका थिए ।

यो फिल्मले आफूहरुलाई झस्काएको उनीहरूको प्रतिक्रिया थियो । गत विहीबार रिलिज भएको यो फिल्म दोस्रो सातामा चलिरहेको छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?