+

भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौं : मन्त्री श्रेष्ठ

२०८१ जेठ  १९ गते १६:४७ २०८१ जेठ १९ गते १६:४७
भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौं : मन्त्री श्रेष्ठ

१९ जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् ।

शनिबार काठमाडौंमा सुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको बताए ।

‘यही बजेटमा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौं । यही पालि भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ कि भन्नेमा आशावादी छु’, उनले भने ।

मन्त्री श्रेष्ठले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताए । उनले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने धारणा पनि राखे ।

भलिबल भलिबल कभर्डहल विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय