+
+

पोखरा नगर युवा परिषद्ले युवालाई सामाजिक सञ्जाल चलाउन सिकायो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १९ गते १८:२८

१९ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको युवा नगरपरिषद्‌ले युवाहरुलाई सामाजिक सञ्जाल चलाउन सिकाएको छ । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १ सय ५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताए ।

सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताए ।

सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताए । ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ’, आचार्यले भने, ‘यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगिता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ ।’

सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिंगो समाजमा नकारात्मक प्रभाव र भ्रम सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको मेयर आचार्यले बताए । सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उनको भनाइ थियो ।

सामाजिक सञ्जाललाई कतिपय अवस्थामा अपराधको सजिलो हतियारका रूपमा समेत लिने गरेको पनि मेयर आचार्यले बताए । ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?