+
+

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते ८:१४

२० जेठ, काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ ।

शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका .छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो ।

शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका जीवन बुढाको उपचार जारी छ ।

गत वर्ष पनि यार्सागुम्बा टिप्न गएका चार जनाको मृत्यु भएको थियो । गत वर्ष तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।
मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको छ । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सागुम्बा संकलन हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?