+
+

आजदेखि बजेटमाथि छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते ८:३१

२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ । बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले पनि सम्भावित कार्यसूचीमा राखेको छ ।

छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् ।

त्यस्तै, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ । राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?