+
+

प्रकाश दूतराजले हटाए विवादित गीत ‘करिम’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १२:०९
गायक दूतराजले युट्यवबाट हटाएको गीत ‘करिम’मा समावेश एक दृश्य ।

काठमाडौं । गायक प्रकाश दूतराजले आफ्नो पछिल्लो ‘विवादित’ गीत ‘करिम’लाई युट्युवबाट हटाएका छन् । शान्तिश्री परियारसँगको सहकार्यमा बनेको उक्त गीतलाई उनले शुक्रबार प्लाटफर्मबाट हटाएका हुन् ।

यो गीतलाई हटाउन भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उजुरी समेत परेको थियो । वादी समुदायको मर्यादा र गरिमामा आँच आउने भाष्य सिर्जना गर्न खोजिएको भन्दै बादी समुदायकै व्यक्तिले सामाजिक संजालबाट यसको विरोध गर्दै आएका थिए ।

उक्त म्युजिकल फिल्म शैलीको गीतमा प्रकाशले वादी समुदाय यौनकर्ममा लाग्नुपर्ने बाध्यता र पीडा दर्शाएका थिए । उनले यो गीत सत्य घटनामा आधारित रहेको बताएका थिए । गीत रिलिजको केही दिनमै फेसबुकबाट उनले आफूबाट गल्ती भएको महसुस समेत गरेका थिए ।

यद्यपि, यो गीतलाई लिएर सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आइरहेको थियो । कतिपयले उत्कृष्ट र मौलिक गीत बनेको भन्दै यसको प्रशंसा गरेका थिए । विशेषतः वादी र दलित समुदायबाट यसको विरोध भैरहेको थियो ।

प्रकाशले उक्त गीतको परिमार्जन नभएर, अब नयाँ गीत नै ल्याउने तयारी गरिरहेको बुझिएको छ । नयाँ गीतको अडियोको काम तयार भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?