+
+

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १२:२२

२० जेठ, काठमाडौं । काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार वैद्यले ४८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी राजन मानन्धरले ४५७ तथा वसन्त नारायण भोछिभोयाले ११७ मत पाएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रवीन्द्र वैदार ६४३ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा उमेशरत्न शाक्य र सुरेशभक्त भोछिभोया विजयी भएका छन् । उनीहरुले क्रमशः ५१२ र ४५३ मत पाएका छन् ।

महासचिवमा ५६९ मतका साथ रजित पलाञ्चोके, कोषाध्यक्षमा ५२४ मतका साथ मानकाजी प्रधान, मुख्य संयोजकमा ५६३ मतका साथ विज्ञान धौगोडा विजयी भए ।

सचिवमा ५७८ मतका साथ कृष्णलाल श्रेष्ठ, सहसचिवमा ५९४ मतका साथ रामकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा ५४९ मतका साथ श्यामकुमार भालु (मुनाल), तथा सहमुख्य संयोजकमा ५३० मतका साथ रवि तौज विजयी भएका छन् ।

सदस्यहरूमा हरिशचन्द्र अधिकारी ४८७, निर्दोष पलाञ्चोके ६४४, रहदेव पोटे ५७५, रोशन खुप्पा श्रेष्ठ ५७४, सुमन चौ प्रधान ५५६, गौतम मानन्धर ५३१, सुजन मानन्धर ५२३, नरेशराज कायस्थ ६२१, रजेन्द्र पसछें ५१८ तथा राजनबहादुर ढकाल ४९१ मतका साथ विजयी भए ।

त्यस्तै बनेपा संयोजक लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्य पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, वस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एसोसियट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?