+
+

विधानसभा निर्वाचन : अरुणाचलमा भाजपालाई बहुमत, सिक्किममा पूर्वमुख्यमन्त्री पवन चाम्लिङ पराजित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १३:३१

२० जेठ, काठमाडौं । भारतको अरुणाचल प्रदेश र सिक्किममा विधान सभा निर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक नतिजामा अरुणाचल प्रदेशमा भाजपाले बहुमत सिट जितेको छ । सिक्किममा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले जितेको छ । अरुणाचल र सिक्किम दुवैमा कांग्रेसले खाता खोल्न सकेको छैन ।

अरुणाचलका ६० र सिक्किमका ३२ सिट विधानसभाका लागि १९ अप्रिलमा एकै चरणमा निर्वाचन भएको थियो ।

भारतीय मिडियाहरुका अनुसार अरुणाचलमा भाजपाले २८ सिट जितिसकेको छ भने १७ सिटमा अगाडि छ । १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

सिक्किम क्रान्तिकारी मोर्चाले १६ सिट जितिसकेको छ भने १५ सिटमा अगाडि छ । सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले एक सिट जितेको छ ।

सन् २०१९ मा अरुणाचलमा भाजपाले ४२ सिट जितेर सरकार बनाएको थियो ।

यसैगरी सिक्किममा ३२ सिटमध्ये १७ सिटसहित सिक्किम क्रान्तिकारी मोर्चाले सरकार बनाएको थियो ।

प्रेम सिंह तामाङ (पीएस गोले) मुख्यमन्त्री बनेका थिए । यसपटकको निर्वाचनमा पनि उनी विजयी भइसकेका छन् ।

पूर्वमुख्यमन्त्री पवन चाम्लिङ पराजित

सिक्किमका पूर्वमुख्यमन्त्री एवम् सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)का उम्मेदवार पवन कुमार चाम्लिङ दुवै सिटमा हारेका छन् । उनी नामचेयबुङ्ग र पोकलोक–कामराङ्ग क्षेत्रबाट चुनाव लडेका थिए ।

उनी नामचेयबुङ्ग क्षेत्रबाट २ हजार २५६ मत र पोकलोक–कामराङ्ग क्षेत्रबाट ३ हजार ६३ मतले पराजित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सन् २०१९ को आम चुनावपछि सिक्किम क्रान्तिकारी मोर्चा र भाजपाबीच गठबन्धन भएको थियो । तर यसपटक भाजपा एक्लै चुनाव लडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?