+
+

सुनको भन्सार वृद्धि विरोधमा व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ जेठ २० गते १३:५०

२० जेठ काठमाडौं । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । केही व्यवसायीले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे ।

सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ ।

भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले फिर्ता लिन माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भन्सार दर फिर्ता गर्नुपर्ने र सुन आयातमा लगाइँदै आएको दैनिक २० केजी कोटाको व्यवस्था खारेज गर्नुपर्ने बताए । यी दुई माग राखेर व्यवसायी आन्दोलनमा होमिएको उनको भनाइ छ ।

‘सुनको आयात परिमाणमा एकातिर सिन्डिकेट गर्ने, अर्कोतिर भन्सार बढाउने, यसले प्रतिस्पर्धात्मक रुपमा व्यवसाय सञ्चालन गर्न नसकिने स्थिति भयो,’ शाक्यले भने ।

यो आन्दोलनमा महासंघको पूर्ण रुपमा समर्थन भने देखिँदैन । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले केही व्यवसायी आन्दोलनमा होमिए पनि महासंघले औपचारिक रुपमा आन्दोलनको घोषणा नगरेको बताए ।

‘हामीले यस विषयमा सबै व्यवसायीसँग औपचारिक छलफल गरेर प्रक्रियागत रुपमा अघि बढ्छौं,’ बज्राचार्यले भने ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?