+
+

प्रचण्ड र ओलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १५:२३

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो ।

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् । उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए ।

बजेटमा ओलीले गरेको टिप्पणीमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको गुनासो रहेको उनी निकट स्रोतले बतायो । आजको भेट पनि यही विषयमा केन्द्रित भएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?