+

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

२०८१ जेठ  २० गते १६:३७ २०८१ जेठ २० गते १६:३७
विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

२० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि न्युट्रल भेन्यु अर्थात् साउदी अरबमा खेल्न लागेको हो ।

नेपाल र युएईबीचको खेल ६ जुन अर्थात् यही जेठ २४ गते साउदीको दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । खेल नेपाली समयानुसार राति ९:४५ बाट सुरु हुनेछ।

हेर्नुहोस् नेपाली टोलीका सदस्यहरुको नामावली 

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय