+
+

विराटनगरको रोडशेष चोकमा हिमालयन बैंकको शाखा स्थानान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १७:०२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा–२ लाई रोडशेष चोकमा स्थानान्तरण गरेको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरू स्थानान्तरण गर्ने क्रममा विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी विराटनगर महानगरपालिका–१२ स्थित रोडशेष चोक शाखाबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिन थालेको हो ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणाले गरेका हुन् ।

कार्यक्रममा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुली लगायत बैंकका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?