+

एम्बाप्पेले गरे रियल मड्रिडसँग सम्झौता

२०८१ जेठ  २० गते २१:११ २०८१ जेठ २० गते २१:११
एम्बाप्पेले गरे रियल मड्रिडसँग सम्झौता

२० जेठ, काठमाडौं । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले रियल मड्रिडसँग ५ वर्षे सम्झौता गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग भएको सम्झौता ३० जुनमा सकिएपछि एम्बाप्पे फ्री टान्सफरमा रियल मड्रिड गएका हुन् । गत फेब्रुअरीमै स्पानिस जाइन्टमा आवद्ध हुन सहमत भएपछि उनले सिजनको अन्त्यमा पीएसजी छाड्ने घोषणा गरे ।

बीबीसीका अनुसार १ जुलाइमा ला लिगाको ट्रान्सफर खुला भएपछि २५ वर्षीय एम्बाप्पे स्पेन सर्नेछन् ।

युरोकप २०२४ सुरु हुनुभन्दा अगाडि रियल मड्रिडले अर्को साता एम्बाप्पेलाई क्लबमा भित्र्याएको घोषणा गर्ने र सान्टिएगो बेर्नाबाउमा सार्वजनिक गर्ने अपेक्षा छ ।

२०१८ मा फ्रान्सले विश्वकप जित्दाको टोलीमा रहेका एम्बाप्पेले पीएसजीका लागि सर्वाधिक २५६ गोल गरेका छन् ।

उनी २०२९ सम्म रियल मड्रिडमा रहनेछन् र हरेक सिजन १५ मिलियन युरो कमाउने छन् । ५ वर्षको सम्झौता अवधिमा उनले १५० मिलियन बोनस पाउनेछन् भने तस्वीरको कपिराइट बापत प्राप्त हुने रकममा समेत उनको हिस्सा हुनेछ ।

एम्बाप्पे फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय