+
+

च्याट जिपिटी, कोपाइलट र जेमिनीमा आफ्ना विवरण कसरी सुरक्षित राख्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते ७:१०

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रभावि विस्तारै सबै क्षेत्रमा बढिरहेको छ ।

बितेको दुई वर्षमा विभिन्न च्याटबटहरु बजारमा आएका छन् । यस्तोमा एआई च्याटबटहरुले मानिसहरुका कामलाई जति तीव्र रुपमा सहज बनाइरहेका छन्, त्यति नै तीव्र रुपमा प्रयोगकर्ताका जानकारी अर्थात् विवरणहरु पनि संकलन गरिरहेका छन् । जसका कारण आजको समयमा विवरणको गोपनियता अर्थात् डेटा प्राइभेसी एउटा ठूलो चिन्ताको विषय बनेको छ ।

वास्तवमा प्रयोगकर्ताद्वारा एआई च्याटबटको प्रयोगका क्रममा कम्पनीहरुसम्म उनीहरुका डेटा सजिलैसँग पुग्ने गरेका छन् ।

ध्यान दिनुपर्ने कुरा

ब्जारमा विभिन्न एआई प्लाटफर्म छन् । यस्तो अवस्थामा च्याट जिपिटी, माइक्रोसफ्ट कोपाइलट तथा गुगल जेमिनी लगायतका विभिन्न एआई प्लाटफर्महरुबाट प्रयोगकर्ताहरुले आफ्ना विवरणलाई कसरी सुरक्षित राख्ने त ?

एआई मोडेललाई प्रशिक्षण दिनका लागि कम्पनीहरुले प्रयोगकर्ताका डेटाहरुको प्रयोग गर्ने गर्दछन् ।

एकपटक जब तपाईंले आफ्ना डेटा शेयर नगर्ने विकल्प छान्नुहुन्छ तब त्यसपछि प्रयोगकर्ताका डेटाहरु अन्य कम्पनीसँग शेयर हुँदैनन् । यद्यपि एआई च्याटबटसँग पहिलेदेखि नै संकलित डेटाहरु डिलिट हुँदैनन् ।

गुगल जेमिनी 

कुनै ब्राउजरमा गुगल जेमिनी खोल्नुहोस् । त्यसपछि activity  मा क्लिक गर्नुहोस् र disable ड्रपडाउन मेन्यू छान्नुहोस् । त्यसपछि जेमिनी एप activity लाई डिसेबल गर्ने अप्सन देखिनेछ। साथै कुराकानीका डेटाहरु पनि डिलिट गर्ने विकल्प पनि तपाइँले रोज्न सक्नुहुन्छ। यसो गरेपछि च्याटहरुलाई पढ्न सकिने छैन, यद्यपि तीन वर्षका लागि भने सिस्टममा डेटा संग्रहित भएको हुनेछ ।

माइक्रोसफ्ट कोपाइलट

यदि तपाईंले माइक्रोसफ्ट कोपाइलट एआई सर्भिसको प्रयोग गर्नुहुन्छ भने सजिलैसँग आफ्ना डेटालाई सुरक्षित राख्न सक्नुहुनछ ।

माइक्रोसफ्टले विभिन्न स्रोतहरुबाट आफ्नो एआई मोडेललाई तालिम दिने गर्दछ । त्यसैले आफ्ना डेटा गोपनीयतालाई लिएर चिन्तामा हुनुहुन्छ भने माइक्रोसफ्ट प्राइभेसी ड्यासबोर्डमा जानुहोस् । त्यसपछि Data Control Setting मा क्लिक गर्नुहोस् ।

त्यसपछि एआई मोडेलको प्रशिक्षणका लागि विवरण एकत्रित गर्ने विकल्प प्राप्त हुनेछ, उक्त विकल्पलाई बन्द गर्नुहोस् । त्यसो गरेसँगै माइक्रोसफ्टले तपाईंका जानकारीहरुको प्रयोग गर्नेछैन ।

च्याट जिपिटी

  • च्याट जिपिटी प्रयोगकर्ताहरु, जोसँग च्याट जिपिटी अकाउन्ट छैन, उनीहरु वेब ब्राउजरमा गएर च्याट जिपिटी लगअन गर्नुपर्छ र setting मा जानुपर्दछ। त्यहाँ रहेको improve the model everyone  को बक्समा रहेको टिक हटाउनु पर्दछ।
  • च्याट जिपिटी अकाउन्ट लगइन गर्ने प्रयोगकर्ताले च्याट जिपिटी खोलेपछि Setting मा जानुपर्छ र Data control मा जानुपर्छ । त्यसपछि Chat तथा  Training history को विकल्प बन्द गर्नुपर्छ।
  • त्यस्तै यदि तपाईं च्याट जिपिटीको मोबाइल प्रायेगकर्ता हुनुहुन्छ भने आफ्नो फोनमा रहेको च्याट जिपिटीको एप खोल्नुहोस् । एपको सेटिङगमा गएर Data control छान्नुपर्छ । त्यसपछि Chat तथा training history को अप्सन बन्द गर्नुपर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?