+
+

को बन्ला एप्पलको नयाँ सीईओ ?

एजेन्सी एजेन्सी
२०८१ जेठ २१ गते १०:३९

अमेरिकी कम्पनी एप्पलका वर्तमान सीईओ टिम कुकको उमेर ६३ वर्ष भैसकेको छ । तथापि कम्पनीको कार्यकारीको पदबाट उनले कहिले अवकाश लिन्छन् भन्ने कुरा प्रष्ट छैन । यद्यपि उनको उमेरलाई हेर्दा पनि सहजै आँकलन गर्न थालिएको छ कि आगामी केही वर्षभित्रै टिम कुकले एप्पलको सीईओ पदबाट अवकाश लिनेछन् ।

टिम कुकुले सन् २०११ मा एप्पलको नेतृत्व सम्हालेका थिए । उनी नेतृत्वमा आएसँगै उनले एप्पललाई निकै अगाडि लगिसकेका छन् । अब कुकपछि एप्पलको नयाँ सीईओ को बन्ला ? वास्तवमा एप्पलका नयाँ नयाँ सीईओ छनोट गर्नु निकै ठूलो चुनौती हो ।

एप्पलको शीर्ष कार्यकारी टिममा पछिल्लो एक दशकमा विभिन्न परिवर्तन भएका छन् । उक्त समूहमा रहेका सबै मानिसहरू झण्डै एकै उमेरका छन् ।

यसको अर्थ प्रष्ट छ कि एप्पलले निकट भविष्यमा केवल एकजना नयाँ सीईओ मात्र छान्नुपर्ने होइन कि पूरै शीर्ष नेतृत्व मै छिट्टै परिवर्तन देखिनेछ। त्यसोभए टिम कुकपछि एप्पलको नेतृत्व कसले हाँक्लान् त ?

यसमा सबैभन्दा पहिले नाम आउँछ जेफ विलियम्सको । उनी हाल एप्पलको प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) छन् । यद्यपि उनको उमेर पनि ६० वर्ष भन्दा धेरै भैसकेको छ । यस्तोमा उनी पनि लामो समयसम्म एप्पलको सीईओ बनिरहने छैनन् । त्यसैले तत् पश्चात् एप्पलले यस्तो एउटा नामको खोजी गर्नेछ जसले टिम कुकले जस्तै लामो समयसम्म एप्पलको नेतृत्व गरोस् ।

ब्लुम्बर्गले गतवर्ष एउटा सूची सार्वजनिक गरेको थियो जसमा एप्पल कम्पनीका आगामी सीईओका सम्भावित नामहरू समावेश थिए । त्यसमा भारतीय मूलका सबीह खान पनि परेका छन् ।

ब्लुम्बर्गको रिपोर्ट अुनसार यदि जेफ विलियम्स एप्पलको सीईओ बनेमा कम्पनीको सिओओको पद सबीह खानले सम्हाल्न सक्नेछन् । किनकि खानले हाल एप्पलको सम्पूर्ण आपूर्ति प्रणालीको विभागको नेतृत्व गरिरहेका छन् ।

एप्पलमा लामो समयदेखि कार्यरत खान कम्पनीको कार्यकारी टिममा पनि रहेका छन् । उनी एप्पलको वरिष्ठ उपाध्यक्ष पनि हुन् । उनको जन्म सन् १९६६ मा भारतको उत्तरप्रदेशमा भएको थियो । टफ्स विश्वविद्यालयबाट अर्थशास्त्र र मेकानिकल इन्जिनियरिंगमा स्नातक तथा रेन्सेलेर पोलिटेक्निक इन्स्टिच्यूटबाट मेकानिकल इन्जिनियरिंगमा स्नातकोत्तर गरेका खानले सन् १९९५ देखि एप्पलमा का मगर्दै आएका छन् । उनी सन् २०१९ मा वरिष्ठ उपाध्यक्षमा बढुवा भएका थिए ।

ब्लुम्बर्गले तयार पारेको एप्पलका आगामी सम्भावित सीईओको उक्त सूचिमा जोन टेर्नसको नाम पनि छ । जोन हाल कम्पनीको हार्डवेयर इन्जिनियरिंगका प्रमुख हुन् । उनलाई लामो समयदेखि टिम कुकको उत्तराधिकारी मानिंदै आएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?