+
+

१ हजार घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १०:५२

२१ जेठ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।

अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बजेटले भन्सार दर बढेपछि शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ८३५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?