+
+

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १२:१०
फाइल तस्वीर ।

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

बालुवाटार निवासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

आजै बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

भेटवार्ताका क्रममा मधेशमा नयाँ सरकार गठनबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई जनमत नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

माधव नेपालले पार्टीमा छलफल गरेर मात्रै थप निर्णय गर्ने जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?