+
+

यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट पोल सार्न सुरु (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १२:२१

२१ जेठ, काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा  पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि पोल सार्न सुरु भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न सुरु गरेको हो । पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ ।

शुक्रबार बेलुका आवातजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरिएको थियो । यूएन पार्क–कुपण्डोल खण्डको करिडोर जिर्ण थियो । सडकका खाल्डाखुल्डी पनि नपुर्दा यात्रा कष्टकर हुने गर्दथ्यो । हिउँदभरि धुलो उडेको यो सडक खण्डमा वर्षा सुरु हुन थालेलगत्तै पिच गरिएको हो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?