
२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् ।
प्रतिनिधसभा बैठकमा सोमबार शून्य समयमा बोल्दै सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जास्पद भएको बताएकी हुन् । राज्यका दुई अंगबीच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् ।
‘फोहोर व्यवस्थापनको विषय, सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हो´, गौतमले भनिन्,` राज्यका दुई अंगबीचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4