+
+

कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:३१

२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ ।

मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा सहभागिता जनाएको थिएन । कांग्रेसको अनुपस्थितिमा नै ३१ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए ।

सोमबार प्रदेशसभा बैठकअघि पत्रकार सम्मेलन गर्दै कांग्रेस दलका नेता उद्धव थापाले बैठकमा सहभागी हुने निर्णय भएको बताए । आजको बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

अदालती प्रक्रियाबाट मुद्दा टुङ्ग्याउन अनिश्चित समय लाग्ने देखिएकाले प्रदेशमा सरकारका तर्फबाट पेश हुने नीति तथा कार्यक्रम र बजेटलाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको बताए ।

‘अदालतमा विचाराधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ सङ्कल्पका साथ संसदीय पद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेशसभा बैठकमा सहभागी हुने निर्णय गर्दछ ।’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।‘

आज कांग्रेस दलको बैठक केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माको उपस्थितिमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?