+
+

क्यान्सर पीडित चाम्लिङलाई उपचारमा सघाउन गीतकार संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १६:२८

काठमाडौं । क्यान्सर पीडित गीतकार टीका चाम्लिङको उपचारमा सघाउन गीतकार संघ नेपालले आग्रह गरेको छ । अध्यक्ष वसन्त वित्यासी थापाले आर्थिक स्थिती कमजोर भएका चाम्लिङलाई सघाउन आर्थिक सहयोगको अपिल गरेका हुन् ।

चाम्लिङ एक महिनादेखी क्यान्सरबाट पीडित छन् । अहिले ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । अध्यक्ष थापाले उपचारका लागि रकम यति नै चाहिन्छ भन्ने यकिन नभएकाले सहयोगी मनलाई सहयोग गर्न आग्रह समेत गरे ।

गीतकार संघद्धारा जारी अपिल पत्रमा ठूलो धनराशी खर्च भइसकेको र अझै खर्चको अभाव हुने भएकाले स्वदेश तथा बिदेशमा रहने सम्पुर्णका लागी सहयोगको अपिल गरिएको उल्लेख छ ।

संघले २५ हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग गर्न चाहनेका लागी गीतकार संघ नेपालको एभरेस्ट बैंकमा रहेको ००१००१०५२००८४७ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।

चाम्लिङ बिगत तीनदशकदेखी गीत लेखनमा सक्रिए छन् । उनले अहिलेसम्म चारसय बढी गीत लेखिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?