+
+

‘गाउँ आएको बाटो’ प्रिमियरको लागि इटालीबाट आइन् संगीतकार ली

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १७:०५

काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागि हुन संगीतकार हाइडी ली काठमाडौं आइपुगेकी छन् । ली इटालीबाट सोमबार नेपाल आइपुगेको फिल्मका सहायक निर्माता मिन्सो लिम्बुले जानकारी दिए ।

यो फिल्ममा लीले ३० वटा जति सांगीतिक टुक्रामा संगीत दिएको लिम्बुले जानकारी दिए । फिल्मको शीर्ष गीत ‘आलाङ्ने’ पनि लीकै कम्पोजमा बनेको हो जसमा राजेशपायल राईको स्वर समावेश छ ।

उक्त गीतलाई गाउन आफूलाई ६ घण्टा समय लागेको खुलासा राजेशपायलले यसअघि गरिसकेका छन् । ‘मेरो करिअरकै सबैभन्दा लामो गीतको रुपमा मैले यसलाई लिएको छु’ उनले भनेका थिए ।

संगीतकार लीको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि गीतको रेकर्ड गर्ने क्रममा उनी आएकी थिइन् । ‘फेस्टिभलपछि अब नेपालका हलमा रिलिज हुँदैछ । थिएट्रिकल रिलिजलाई लिएर उत्साहित छु’ लीले फोनमा अनलाइनखबरसँग भनिन् ।

सहायक निर्माता लिम्बुका अनुसार बुधबार बिग मूभिजमा हुने प्रिमियर राई संस्कृतिको थिममा हुँदैछ । योे फिल्मलाई नेपालको पहिलो राई फिल्म समेत रहेको बताइएको छ । फिल्मलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् ।

गाउँमा सडक पुगेपछि त्यसले ल्याउने सामाजिक, आर्थिक र पारिवारिक उतारचढावको कथामा फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?