+
+

सप्तरी घटना मधेशको प्रदेश मामिला समितिले छानबिन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १७:२०

२१ जेठ, जनकपुरधाम । सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा गत ८ माघ २०८० मा भएको घटना मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने भएको छ ।

उपेन्द्र यादवले उक्त भवनको शिलान्यास गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले विरोध जनाउँदा तत्कालिन शिक्षामन्त्री  तथा जनमतका सांसद महेशप्रसाद यादवमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

जनमत पार्टीले उक्त घटनाको संसदीय छानबिन गर्न माग गर्दै आएको थियो । सोमबारको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले उक्त घटना छानबिनको जिम्मा प्रदेश मामिला समितिलाई दिएको जानकारी गराए । गत वैशाख ४ गते चौथोपटक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने बेला प्रदेशसभामा भएको तोडफोड घटना पनि सोही समितिले छानबिन गर्ने भएको छ ।

सोमबार बसेको मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक पनि जनमतले अवरुद्ध गरेपछि सभामुखले १० मिनेटको लागि स्थगित गरेका थिए ।

त्यसपछि दुबै घटनाको छानबिन प्रदेश मामिला समिति मार्फत गर्न दलहरु सहमत भएका छन् । यो संगै मधेश प्रदेश सभाको गतिरोध हटेको छ ।

मधेश प्रदेशसभामा एकीकृत समाजवादीका नेता रत्नेश्वर गोइत सभापति रहेको प्रदेश मामिला समिति छ । यो समितिमा कुनै दलको प्रतिनिधि नरहेमा समावेश गरिने सभामुख मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?