+

टी-२० विश्वकप विजेताले २४ लाख ५० हजार डलर पुरस्कार पाउने

२०८१ जेठ  २१ गते २१:२० २०८१ जेठ २१ गते २१:२०
टी-२० विश्वकप विजेताले २४ लाख ५० हजार डलर पुरस्कार पाउने

२१ जेठ, काठमाडौं । टी-२० विश्वकप क्रिकेटको विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार एक विज्ञप्ति जारी गरी टी-२० विश्वकपका लागि अहिलेसम्मको धेरै पुरस्कार रकम घोषणा गरेको हो ।

विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । यो भनेको करिब ३ करोड नेपाली रुपैयाँ हो ।

प्रतियोगिताको पुरस्कार वितरण २९ जूनमा बार्बाडोसको किङ्स्टन ओभलमा गरिनेछ । टी-२० विश्वकपको सेमिफाइनलमा पुगेका बाँकी दुई टिमले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् ।

क्वार्टरफाइनलमा पुगेका तर सेमिफाइनल पुग्न नसकेका ४ टिमले जनही ३ लाख ८२ हजार डलर पाउनेछन् । नवौं, दशौं, ११ र १२ स्थानमा रहने टिमले २ लाख ४७ हजार डलर पाउनेछन् भने १३ देखि २० औं स्थानमा रहनेले २ लाख २५ हजार डलर पाउनेछन् । क्वार्टरफाइनल र सेमिफाइनल बाहेकका अरु खेल जित्नेले प्रति खेल जितेबापत ३१ हजार १५४ डलर पाउनेछन् ।

टी-२० विश्वकपमा २८ दिनभित्र ५५ खेल हुनेछन् ।

टी-२० विश्वकप विश्वकप क्रिकेट विजेता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय