+

विगतमा नेपाल र नेदरल्यान्ड्सबीच टी-२० आईको नतिजा

२०८१ जेठ  २२ गते ७:४६ २०८१ जेठ २२ गते ७:४६
विगतमा नेपाल र नेदरल्यान्ड्सबीच टी-२० आईको नतिजा

२२ जेठ, अमेरिका । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

एशोसिएटका शीर्ष टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आईमा १२ खेल भएका छन् । टी-२० आईको हेड टु हेडमा नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन छ । टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्दैछन् ।

नेपाल २०१५ जुलाईमा चार टी-२० आई सिरिज खेल्न नेदरल्यान्ड्स भ्रमण गरेको थियो । नेपाल पहिलो खेलमा १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो । उक्त दोस्रो खेलमा नेपाल १७३ रनको लक्ष्य पछ्याउनेक्रममा ६९ रनमा अल आउट भएको थियो । तेस्रो खेलमा नेपाल १८ रनले पराजित भएको थियो ।

चौथो खेलमा भने नेपालले ३ विकेटको जित हात पारेको थियो । उक्त खेलमा नेपाल १४० रनको लक्ष्य नेपालले पारस खड्काको अर्धशतकमा १९.४ ओभरमा पूरा गरेको थियो ।

त्यसपछि २०१८ मा नेपाल र नेदरल्यान्ड्सबीच इंग्ल्यान्डको लर्ड्समा खेल भएको थियो । नेदरल्यान्ड्स १६.४ ओभरमा १७४-४ को अवस्थामा हुँदा वर्षाले खेल रद्द भएको थियो ।

२०१९ मा ओमानमा भएको पाँच देश सम्मिलित सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो ।

२०२१ मा घरेलु मैदानमा नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको थियो । उक्त दोस्रो खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य बास डि लिडेको ८१ रनको सहयोगमा नेदरल्यान्ड्सले १९.३ ओभरमा पूरा गरेको थियो ।

उक्त त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।

२०२४ मार्चमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक सिरिज टीयुमा नै भएको थियो । पहिलो खेलमा नेपालविरुद्ध १८४ रन बनाउँदै नेदरल्यान्ड्स २ रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गर्दै ६ विकेटको जित हात पारेको थियो । फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

टी-२० विश्वकप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय