+
+

भारतमा सुरु भयो लोक सभा निर्वाचनको मतगणना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ८:५७

२२ जेठ, काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना सुरु भएको छ ।

पूर्वनिर्धारित समय अनुसार आज बिहानदेखि मत गणना सुरु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

५४२ सिटका लागि भएको निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।

निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणले यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखाएको छ ।

मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने छन् ।

बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ । तर, मत सर्वेक्षणले भाजपा नेतृत्वको एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ ।

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने सर्वेक्षणले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?