+

नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा सुपर हिरो बन्न सक्ने २ खेलाडी

२०८१ जेठ  २२ गते १०:५१ २०८१ जेठ २२ गते १०:५१
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा सुपर हिरो बन्न सक्ने २ खेलाडी

२२ जेठ, अमेरिका । टी-२० क्रिकेटमा कुनै पनि भर हुँदैन । हुन त टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी-२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्छ । त्यसैले टी-२० मा एक दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अर्कोले साथ राम्रो दिन सक्नुपर्छ । टोलीमा केही यस्ता खेलाडी हुन्छन् जसले हारको अवस्थाबाट पनि खेल जिताउन सक्ने अद्भूत खुबी राख्छन् ।

आईसीसी टी-२० विश्वकप २०२४ आज राति नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा सानदार प्रदर्शन गर्दै टोलीको जितमा हिरो बन्नसक्ने प्रमुख दुई खेलाडी यस प्रकार छन् ।

दीपेन्द्रसिंह ऐरी – नेपाल

अलराण्डर दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्रले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् ।

दीपेन्द्रले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रले नेपालबाट ६४ टी-२० आई खेलमा १ मा शतक र ९ मा अर्धशतकसहित कुल १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । दीपेन्द्र क्रिजमा हुँदासम्म कुनैपनि विपक्षी टोलीलाई डर भइरहन्छ ।

बास डि लिडे – नेदरल्यान्ड्स

नेदरल्यान्ड्सका युवा अलराउण्डर बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट क्रिकेटर हुन् । २०२३ मा आईसीसीको एशोसिएट उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।

गत वर्ष नेदरल्यान्ड्सलाई २४ वर्षीय उनले ३४ टी-२० आई खेलमा ६७७ रन बनाउनुको साथै ३० विकेट खेल्ने गर्दछन् ।

सन् २०२१ मा टीयुमा नेदरल्यान्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य १९.३ ओभरमा पूरा गर्न लिडेले ८१ रनको अविजित इनिङ खेलेका थिए ।

लिडेले विदेशी लिगसँगै इंग्ल्यान्डको डरमबाट काउन्ट्री खेल्दै आएका छन् । काउन्ट्रीमा सानदार प्रदर्शन गर्दै आएका उनले गत जुलाईमा विश्वकप छनोटको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिंदै टोलीलाई विश्वकपमा पुर्‍याए ।

विश्वकपमा पाकिस्तानविरुद्ध ६७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । लिडेसँग विश्वका ठूला टोली र खेलाडीविरुद्ध खेलेको राम्रो अनुभव छ । जसको भरपूर्ण फाइदा उठाउन सक्छन् । नेपाललाई घातक बन्न सक्छन् ।

 

टी-२० विश्वकप दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट बास डि लिडे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय