+
+

श्रीलंकन नागरिकलाई काठमाडौंमा बन्धक बनाउने पाकिस्तानी गिरोहविरुद्ध संगठित अपराधको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ११:३९

२२ जेठ, काठमाडौं । तीन श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै ठमेलको होटलमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ४ पाकिस्तानी नागरिकविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दर्ता भएको छ ।

अपहरण तथा शरीर बन्धक गरेर संगठित अपराध गरेको कसुरमा पाकिस्तानी नागरिक जुबेर अमजाद, सजेहान तनवीर, मलिक अब्दुल हमिद र अरिफ मसीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा सोमबार मुद्दा दर्ता भएको हो ।

घटनामा संलग्न पाकिस्तानी नागरिक मुरताजा असगर अली, श्रीलंकन नागरिक मोहमदु मुसरिफ र भारतीय नागरिक नितिनकुमार शर्मा भने फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंंले पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरूलाई पनि फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।

श्रीलंकन नागरिकलाई ठमेलस्थित सिस्टर होममा राखेर बन्धक बनाएको सूचना पाएपछि २२ चैत २०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएर पीडितहरूलाई उद्दार गरेको थियो ।

अनुसन्धानका क्रममा आरोपीहरूले पीडितलाई श्रीलंकाबाट भियतनाम र भारत हुँदै काठमाडौंसम्म ल्याएको खुलेको थियो । त्यसक्रममा उनीहरूलाई सिस्टर होम होटलसँगै धनकुटा राजारानी गेष्ट हाउसमा समेत राखेर फिरौती लिएको प्रहरी अनुसन्धानबाट देखिएको थियो ।

होटलमा बन्धक बनाएर आफूहरूलाई कुटपिटसमेत गरेको भन्दै तीन श्रीलंकन नागरिकले प्रहरी कहाँ जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?