
ललितपुर । ‘फोन पे’ले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेसन’ सेवा सुरु गरेको छ ।
फोन पे नेटवर्कका सबै व्यवसायीहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् ।
फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायीहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो ।
यस नयाँ सुविधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायीहरूले क्यूआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुन: परिभाषित गरेको छ ।
यस सुविधाले एसएमएस मार्फत भुक्तानी पुष्टीकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोन पे नेटवर्कका व्यवसायीले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एपको नयाँ भर्जनमा अपडेट गरी, ‘नोटिफिकेसन सेटिंग’ बाट ‘भ्वाइस नोटिफिकेसन’ सुचारु गर्न सक्नेछन् ।
अहिलेको बढ्दो गतिको व्यावसायिक वातावरणमा, व्यवसायीहरूले विशेष गरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधहरूको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केही चुनौतीहरूको सामना गरेका छन् ।
‘भ्वाइस नोटिफिकेसन’ सुविधाको सुरुवातसँगै, फोन पे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको छ ।
भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविक-समय (रियल टाइम) भुक्तानी सूचनाहरू डेलिभरी गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धी जानकारी कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको कम्पनीको भनाइ छ ।
‘आजको व्यावसायिक वातावरणमा व्यवसायीहरूले सामना गर्ने चुनौतीबारे अवगत छौं । यी मोबाइल फोन केन्द्रित आविष्कारहरूसँग हाम्रा नेटवर्क साझेदार संस्थाहरूले थप सुविधाका साथ आफ्ना व्यवसायीलाई अझ सशक्त बनाउँदै क्यूआर कोड आधारित भुक्तानी स्वीकृति अनुभवलाई पुन: परिभाषित गर्न सक्नेछन् भन्नेमा विश्वस्त छौं,’ फोन पेका सीईओ दिवस कुमारले भने ।
प्रतिक्रिया 4