पोखरा महानगरले पृथ्वीचोकमा नेपाल र नेदरल्यान्डस्बीचको विश्वकप क्रिकेट खेल देखाउने
![२०८१ जेठ २२ गते १४:२५](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![पोखरा महानगरले पृथ्वीचोकमा नेपाल र नेदरल्यान्डस्बीचको विश्वकप क्रिकेट खेल देखाउने](https://www.onlinekhabar.com/wp-content/uploads/2024/05/Nepali-cricket-team-t-20-world-cup-team.jpg)
२२ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाले नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्सँग राति ९ बजेदेखि खेल्दै छ ।
अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल पृथ्वीचोकस्थित डिजिटल स्क्रिनमा देखाउन लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसअघि महानगरले विश्वकप फाइनल खेल पनि पृथ्वीचोक बाटोमै देखाएको थियो ।
प्रतिक्रिया 4