
काठमाडौं । अमेरिकी र्यापर कान्ये वेस्ट फेरि एकपटक विवादमा मुछिएका छन् । पूर्व निजी सहायकले उनीविरुद्ध यौन उत्पीडनको मुद्दा दायर गरेकी छन् । आइतबार उनीविरुद्ध मुद्दा दायर भएको हो ।
टीएमजेडको रिपोर्ट अनुसार, पूर्व महिला सहायकले कान्येलाई अनुचित रूपमा निकालेको आरोप पनि लगाएकी छिन् । अदालतमा परेको मुद्दाको आरोप अनुसार कान्येले ती महिलालाई अश्लिल म्यासेज र भिडियो पठाएर जागिरबाट निकालेका थिए । पूर्वमहिला सहायकले बर्खास्त गरेर आफूसँग भएको सम्झौता तोडेको बयान दिएकी छन् ।
रिपोर्टका अनुसार ती महिला सहायकले कान्येले फोनमा कुराकानी गर्दा हस्तमैथुन गर्ने गरेको पनि दाबी गरेकी छन् । फोनमा कुरा गरिरहँदा कान्येको बोलीचाली र हाउभाउ यकिन रहेको बताएकी छन् । कान्येले आफूसँग लिंगको आकारबारे पनि कुरा गरेको ती महिलाले दावी गरेकी छन् ।
कान्येले जुलाई २०२१ मा ती महिलालाई निजी सहायकको रूपमा काममा लिएको बताइएको छ । त्यसपछि उनी आफ्नो फेसन लाइन ‘येजी’ को तयारीमा थिए ।
महिलाको आरोप छ कि यस लगत्तै कान्येले उनलाई धेरै टेक्स्ट म्यासेज पठाउन थाले । जसमध्येको एउटा मेसेजलाई टीएमजेडले सेयर गरेको छ ।
रिपोर्टमा थप भनिएको छ कि यसपछि, कान्येको टेक्स्ट म्यासेज झन् अश्लीलरुपमा आउन थाले । यसमा कान्येले आफ्नो महिला सहायकसँग अन्य महिलाको बारेमा आफ्नो यौन कल्पनाबारे सेयर गरेका छन् । उजुरीका अनुसार आरोप लगाउने महिलाले केही भिडियो र तस्बिर पनि पेश गरेकी छन्, जसमा कान्ये मोडलसँग यौनसम्पर्क गरिरहेको देखिन्छ ।
कान्येले आफूलाई आफ्ना धेरै कम्पनीका लागि चीफ अफ स्टाफको रूपमा पदोन्नति गरेको पनि ती महिलाले अदालतलाई बताएकी छन् । यसका लागि उनले ४० लाख डलर पारिश्रमिक पाइरहेकी थिइन् । कान्येले उनलाई अक्टोबर २०२२ मा बर्खास्त गरेका थिए । आफ्नो बक्यौता रकम समेत नदिएको महिला बताउँछिन् ।
प्रतिक्रिया 4