+
+

स्टार्टअप नीति पारित भएकोमा महासंघको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १८:१३

२२ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघले स्टार्ट अप नीति पारित भएकोमा खुसी व्यक्त गरेको छ ।

मंगलबार महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्ट अप विस्तारमा यो नीति महत्त्वपूर्ण कोशेढुंगा भएको बताए ।

दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई बुझाएको महासंघले जनाएको छ । यसलाई थप छलफल गरी मन्त्रिपरिषद्ले पारित गरेको छ ।

विकसित देशहरूमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुन थालेको महासंघले बताएको छ ।

व्यवसायमा नयाँ सोचको प्रार्दुभाव भइरहेका र स–सानो लगानीमा नयाँ विचारसहित व्यवसाय उदाउन थालेको समेत महासंघको भनाइ छ ।

स्टार्टअप नीति २ जेठमा पारित भएको हो । महासंघका अध्यक्ष ढकालले महासंघ स्टार्टअप एण्ड इनोभेसन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको बताए । धेरै छलफलबाट खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्त्वपूर्ण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?