
फाइल फोटो
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा जितका लागि बधाई दिएका छन् ।
भाजपा र एनडीए गठबन्धनको सफलतासँगै तेस्रो कार्यकालका लागि उनले मोदीलाई बधाई दिएका हुन् ।
मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मोदीजीलाई तेस्रो कार्यकालका लागि बधाई । संसारको ठूलो लोकतान्त्रिक अभ्यास भारतीय जनताको उत्साहपूर्ण सहभागिता सहित सम्पन्न भएकामा हामी खुशी छौं ।’
मोदी नेतृत्वको एनडीए गठबन्धन बहुमतसहित जिततर्फ उन्मुख छ । यति बेला मोदी कार्यकर्तासामु सम्बोधन गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4