+
+

इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते ८:०४

२३ जेठ, काठमाडौं । आईसीसी टी-२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ ।

बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १-१ अंक पाएका छन् ।

वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा  ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

स्कटल्याण्डले ६.२ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाउँदा ठुलो वर्षा भयो । त्यसपछि खेल १०/१० ओभरमा घटाइएको थियो ।

स्कटल्याण्डले १० ओभरमा विना क्षती ९० रन बनाउँदा तेस्रो पटक वर्षा भयो । जसले गर्दा खेल रद्द गरियो र नतिजा आउन सकेन ।

स्कटल्याण्डका लागि ओपनरद्वय माइकल जोन्सले अविजित ४५ र जर्ज मुन्सेले अविजित ४१ रन बनाएपनि त्यो काम लागेन ।

समूह बी मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्ड दुवैको खातामा समान १ अंक भएको छ । समूह्य बी मा यसअघि नामिबियाले ओमानलाई हराएर २ अंक जोडिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?