+
+

तीनकुनेको किराना स्टोरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १२:४१

२३ जेठ, काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ ।

खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीकको अनुसार अहिले तीन वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । थप दमकल पनि परिचानल गर्ने तयारी गरिएको छ ।

आगलागीको कारण खुलिसकेको छैन ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?