+
+

अर्थमन्त्री पुनलाई सांसद गिरीको खबरदारी : ७ प्रदेशमा वृद्धाश्रम बन्छ, बन्दैन हेरिरहन्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १३:१७

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले कार्यक्रम घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृति नपछ्याउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उदाहरणका रुपमा उनले बजेटमा सातै प्रदेशमा बृद्धाश्रम बनाउने विषय आएको उल्लेख गर्दै यसको कार्याँवयनको पखाईमा आफू रहने बताए ।

‘सातै प्रदेशमा सुविधा सम्पन्न बृद्धाश्रमको स्थापना गरिनेछ भनेर बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले एक वर्ष यो बन्छ कि बन्दैन ? यसमा सिरियस हुन जरुरी छ’ सांसद गिरीले भने ।

नेपालमा प्रजातन्त्र आइसकेपछि २००८ साल माघ २१ गते प्रथम बजेट प्रस्तुत भएको स्मरण गर्दै उनले भने, ‘त्यसबेला सुवर्ण शमशेरले बजेट प्रस्तुत गर्दा समानता, समृद्धि र असमानता हटाउने मुख्य कुरा दिनुभएको रहेछ ।’

अहिले पनि यस्तै विषय आउने गरेको भन्दै उनले जनताको जीनस्तर परिवर्तनका लागि बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?