+
+

कालीप्रसाद, साकार र एक्सिस ब्याण्डले ८ अष्ट्रेलियाली सहरमा कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १३:४५

काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा, र्‍यापर साकार र एक्सिस ब्याण्डले अष्ट्रेलियाका ८ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै सांगीतिक यात्राबारे जनाएको छ ।

स्थानीय आयोजक हुल्या इभेन्ट्स एण्ड स्ट्रेट आउटा हिमालयजका अनुसार एक्सिसले ‘रोड टु २४: अष्ट्रेलिया टुर’ असार १९ गतेदेखि ८ सहरमा कन्सर्ट गर्नेछ ।

यो सांगीतिक समूहले सात वर्षपछि नेपाली डायस्पोरामा टुर गर्न लागेको हो । ब्याण्डले आफ्ना हिट गीत ‘माफ गर’, ‘मुस्कान’, ‘एकचोटि’, ‘मेरो प्रेम’ र ‘पाइला’ लगायत गीत सुनाउनेछ ।

ब्याण्डमा सन्दीप विश्वकर्मा (भोकल), अमूल्य श्रेष्ठ (ड्रम) छन् भने गिटारमा निखिल सिकर्मी, रोशन लामा र सजिन महर्जन छन् । अष्ट्रेलिया टुरअघि ब्याण्डले जुन महिनामा लाइभ शोमार्फत ‘घरगाउँ’ र ‘पाइला’ नामक म्युजिक भिडियो सार्वजनिक छ ।

‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले अष्ट्रेलियाबाट ‘डेब्यु’ सांगीतिक टुर गर्न लागेका हुन् । उनले साउन २६ देखि आठवटै सहरमा कन्सर्ट गर्नेछन् । उनको टिममा क्यारे महर्जन (ड्रमर) र निरज बराइली (सुट डिरेक्टर एण्ड कन्सोल हेड) रहनेछन् ।

साकारले हालै मात्र ‘नेपहप ड्रिप’ नामक गीत सार्वजनिक गरेका थिए । गायक तथा संगीतकार बाँस्कोटाको सांगीतिक करिअरले यस वर्ष १५ वर्ष टेक्दैछ । उनले भदौ ३० देखि ‘१५ इयर्स अफ कालीप्रसाद बाँस्कोटा’ नाममा अष्ट्रेलिया टुर गर्दैछन् ।

कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । उनीहरुले नेपथ्यदेखि बालेन शाह (हाल काठमाडौं महानगरपालिका मेयर), झिल्के एण्ड द कम्पनीसम्मका संगीतका तीन पुस्ताको कार्यक्रमको व्यवस्थापन गरेको अनुभव सँगालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?