+
+

महालक्ष्मी विकास बैंकले प्रयोग गर्ने ईभीको संख्या तीन पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १४:३७

काठमाडौं । महालक्ष्मी विकास बैंकले वातावरण दिवसको अवसर पारेर थप एउटा विद्युतीय गाडी (ईभी) प्रयोगमा ल्याएको छ । कार्यालय प्रयोजनका लागि थप एउटा ईभी प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले यसअघि दुई वटा ईभी प्रयोगमा ल्याइसकेको जनाएको छ । थप एउटा विद्युतीय गाडी प्रयोगमा आएसँगै बैंकसँग ईभीको संख्या तीन पुगेको छ ।

हरित पर्यावरणीय योजनालाई निरन्तरता दिन पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगलाई बढवा दिइएको बैंकको भनाइ छ ।

यसैबीच ३०औं वार्षिकोत्सवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ प्रतियोगिता सुरु गरेको छ ।

२२ जेठदेखि सुरु भएको प्रतियोगिता २५ जेठसम्म सञ्चालन हुने छ ।

ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने लिगमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?